नेपाली क्रिकेटर कनिष्क चौगाईं अमेरिकी क्रिकेट प्रशिक्षणमा

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेटटिमका पूर्व सदस्य कनिष्क चौगाईं अमेरिका क्रिकेटको क्षेत्रीय बन्द प्रशिक्षणका लागि वेष्ट जोनको टोलीमा समावेश भएका छन्।

क्रिकेट अमेरिकाले आफ्नो उमेर र सिनियर टोलीको सबै क्जोनबाट प्रशिक्षणमा सहभागी हुने खेलाडीको नाम सार्वजनिक गरेको हो। जसमा कनिष्क अमेरिका कप्तान समेत सौरभ नेत्रवाल्कर, तिमिल पटेल, निसर्ग पटेल, दक्षिण अफ्रिका पूर्व क्रिकेटर रस्टि थेरन लगायतका चर्चित खेलाडीसँगै वेष्ट जोनमा परेका हुन्।

अमेरिकाका विभिन्न जोनमा प्रशिक्षण गरेर खेलाडी छनोट गर्ने गरिन्छ। अमेरिकाले त्यसका लागि विभिन्न क्षेत्रीय टोली बनाएर प्रशिक्षण सुरु गर्न लागेको हो। वेष्ट जोनमा अमेरिकाको सिनियर टोलीका खेलाडीहरु समेत छन् ।

३५ वर्षीय कनिष्कले नेपालका लागि दुई फस्ट क्लास म्याच खेलेका छन्। उनले सन् २००८ सम्म नेपालबाट खेलेका थिए। उनले नेपालबाट यू-१७ हुँदै तीन पटक यू-१९ विश्वकपसमेत खेलेका थिए। उमेर समूहमा राम्रो प्रदर्शन गर्दै ठूलो सम्भावना देखाए पनि उनी विदेशीएका थिए।

कनिष्कै कप्तानीमा नेपाली यू-१९ टोली सन् २००६ को यू-१९ विश्वकपमा प्लेट च्याम्पियनसिपको उपाधि जितेको थियो। उक्त विश्वकपको फाइनलमा नेपालले न्युजिल्यान्डलाई १ विकेटले हराएको थियो।

श्रीलंका भएको उक्त यू-१९ विश्वकपमा नेपालको कप्तानी कजिष्कले गरेका थिए भने अहिले राष्ट्रिय टोलीमा रहेका कप्तान ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, शरद भेषाकर र पारस खड्का टोलीमा थिए।

प्रतिक्रया दिनुहोस्