धादिङमा रेफ्री कोर्स सुरु

धादिङ। धादिङमा एन्फा रेफ्री कोर्स सुरु भएको छ। एक सातासम्म चल्ने कोर्स मंगलबार सुरु भएको हो।

चक्रदेवी कम्युनिटी सोसायटी नेपाल र दी इयर्ली ट्रस्टको आयोजना तथा धादिङ जिल्ला फुटबल संघको संयोजनमा कोर्स सञ्चालन भएको हो।

पूर्व फिफा रेफ्री लव खत्री, पूर्व फिफा असिस्टेन्ट रेफ्री मधुसुदन खानाल र पूर्व फिफा रेफ्री विरेन्द्र पाण्डेले कोर्स सञ्चालन गरिरहेका छन्। कोर्सलाई रोजन श्रेष्ठले संयोजन गरेका छन्।

धादिङबाट ३० र चितवनबाट १ गरी कूल ३१ जना सहभागी छन् ।

प्रतिक्रया दिनुहोस्