बलात्कारीलाई कडा कारबाहीको माग गर्दै कोहलपुरमा विरोध प्रदर्शन

कोहलपुर । बलात्कारीलाई कडा कारबाहीको माग गर्दै बिहिवार बाँकेको कोहलपुरमा विरोध प्रदर्शन गरिएको छ  ।

पछिल्लो समय देशमा शृङ्खलावद्द रूपमा बलात्कारका घटना घटेको भन्दै दोषीलाई कारबाही गर्नुको सट्टा सरकार उदासीन देखिएको भन्दै विरोध प्रदर्शन गरिएको हो । केहीदिन अघि भएको भागिरथी भट्टको हत्याको निन्दा गर्दै उनको न्यायका लागि शान्तिपुर्ण सडक प्रदर्शन गरिएको छ ।

उनीहरूले हत्यारालाई पक्राउ गरि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन । भट्टको हत्यामा संलग्नलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन उनीहरूले माग गरेका छ्न । कंचनपुरकि १३ वर्षिया बालिका निर्मला पन्तको जस्तै घटनाका दोषी उम्किन नपाउन भन्ने उदेश्यले दवाब स्वरुप विरोध र्याली गरिएको हो ।

 

प्रतिक्रया दिनुहोस्