कोहलपुरका यी क्षेत्रमा आज दिनभर हुनेछ विधुत अबरुद्ध

कोहलपुर । कोहलपुरका विभिन्न स्थानमा आज शनिबार विधुत अवरुद्ध हुने भएको छ । कोहलपुर वितरण केन्द्र अन्तर्गत ११ केभी लाइन सटडाउन गरि मर्मत कार्य गर्नुपर्ने भएकाले कोहलपुरका केही क्षेत्रमा दिनभर विधुत आपूर्ति बन्द हुने भएको हो ।

कोहलपुर वितरण केन्द्रकाअनुसार कोहलपुर क्षेत्रमा पर्ने रामनगर ,हाइस्कुल, बुद्धचोक,रझेना न्युरोड ,गोर्खा स्कुल क्षेत्र ,पश्चिम् सम्झन्चोक, टिटिरीया, लालपुर क्षेत्रमा विधुत अवरुद्ध हुनेछ ।

यसैगरी विधुत रोडदेखि पिप्रहवा चोक तथा औधोगिक फिडर क्षेत्रमा आज विहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म विधुत अबरुद्ध हुने कोहलपुर वितरण केन्द्रले जनाएको छ ।

प्रतिक्रया दिनुहोस्