मुलुकमा सैनिक शासनको मागसहित फागुन २२ गते काठमाडौमा पाँचायन पुजा गरिने

राकेश कुमार शर्मा
मुलुकको लागि दलीय व्यवस्था उत्कृष्ट व्यवस्था हो । पटकपटकको संसद विघटन र पुष्प कमल दाहालको प्रधानमन्त्री पदबाटको राजीनामाले हाम्रो मुलुकमा दलीय व्यवस्था अफाबसिद्ध भएको छ । विगतमा काँग्रेस पार्टीको सरकारले पनि बहुमतको संसद विघटन गरेको थियो । पुष्पकमल दाहालले पनि आवेशमा आएर प्रधानमन्त्री पदबाट राजीनामा गरेका थिए । हालमा नेपाल कम्युनिस्ट पार्टीको सरकारले पनि दुई तिहाई बहुमतको सरकार विघटन गरेको छ ।

मुलुकमा अब सैनिक शासन चाहिएको छ । प्रदेश सभाले मुलुकको आर्थिक भार थेग्न सक्दैन । प्रदेश सभा मुलुकको लागी घातक छ । त्यसैले अब सेना आउ देश बचाउ,देशलाई निकाश देउ ।

राजनीतिक दलहरूको नेताहरूको असमझदारीले विक्रम सम्वत २०७७ साल पौष ०५ गते दुई तिहाईको सरकारले संसद विघटन गरे पश्चात मुलुकमा दलीय व्यवस्था असफल भएको छ । यसकारण मुलुकमा तत्काल सैनिक शासनको आवश्यकता देखापरेको छ । मुलुकमा के.पी.शर्मा ओली पक्ष (सरकार पक्ष) र पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल पक्ष बीच आमसभा गर्ने जुहारी, होडबाजी र प्रतिस्पर्धा चलेको छ ।

के.पी.शर्मा ओली पक्ष सत्ता छोडन तैयार छैन । पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल पक्ष सत्तामा जान आतुर छन ।

राजनीतिक दलहरूका नेताहरू सत्ता लिप्सा र सुविधा सम्पन्न जीवनयापन गर्नका लागी र आ आफ्नो स्वार्थका लागि मुलुकमा पुनः अनावश्यक रूपमा निम्त्याएको द्वन्द हो र मुलुकमा द्वन्दको बीजारोपण भएको छ । मुलुकमा दुुुवै पक्षबाट कुनै उपलब्धि हुने छैन । हाम्रो मुलुकमा कुनै पनि राजनीतिक दलहरूका नेताहरू संग दुरदृष्टी सोच र भिजन छैन नेपाली नागरिकहरुले यी सबै कुराहरू बुझेको खोइ ?

फागुन २२ गते काठमाडौमा पाँचायन पुजा गरिने,
स्थान: जिल्ला काठमाडौको ,माइतीघर मण्डला
समय:बिहान ११ बजे शनिबार

नेताहरूले मुलुकलाई सहि निकास दिन सकेनन । अब पनि सेनाहरु चुप किन ? विक्रम सम्वत २०७७ साल माघ २२ गते माधवकुमार नेपाल, झलनाथ खनाल र पुष्प कमल दाहाल पक्षका नेताहरूले नेपाल बन्द घोषणा गरेको थियो । नेपाल बन्दको क्रममा एक पक्षले नेपाल बन्द अर्को पक्षले नेपाल खुल्ला छ भन्ने गरेको पाइयो कयौं ठाउँमा यस विषयमा मुडभेट पनि भयो । अब मुलुकमा फेरि नेपाल बन्द, चक्काजाम, मुडभेट र भिडन्त आदि इत्यादि घटनाहरुले निरन्तरता पाउने देखिन्छ । मुलुकमा अब यसपछि के के हुनेछ शायद दैवलाई नै थाहा होला । म भन्छु सेनाहरु चुप किन ?

विक्रम सम्वत २०७७ साल माघ १९ गते सोमबारको दिन म्यानमार मा सेनाहरुले सत्ता कब्जा गरेको छ । यस अघाडी माली मुलुकमा पनि सेनाहरुले सत्ता कब्जा गरेको थियो । हाम्रो मुलुकको सेनाहरुलाई थाहा नै होला ।

राजनीतिक दलहरुका भक्तहरु, कार्यकर्ताहरुलाई मेरो प्रश्न के छ भने तपाइँहरुका नेताहरूबाट नेपाल कम्युनिस्ट पार्टीको दुई तिहाईको संसद भंग भएको छ । संसद भंग अर्थात विघटन हुनुमा के.पी. शर्मा ओली मात्र जिम्मेवार होइन नेकपा का सबै नेताहरू, सांसदहरू दोषी र जिम्मेवार छन । विगतमा यसभन्दा पहिले पनि तपाईंहरुको नेताहरूबाट काँग्रेस पार्टीले बहुमतको संसद भंग गरेको थियो । तपाईंहरुका नेता माओवादी पार्टीका पुष्प कमल दाहालले आवेशमा आएर प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।

तपाईंहरुका नेताहरूले मुलुकलाई निकास नदिने अनिर्णयको बन्दी बनाउने सत्ता लिप्साको स्वार्थ र सुविधाहरू उपभोग गर्न र लिन मात्र जानेका छन । प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा झुठो खेती गरेका छन । दुई तिहाइको सरकारले मुलुक चलाउन सक्दैन भने अब के आशा गर्नुहुन्छ ? राजनीतिक दलहरुका नेताहरूले मुलुकलाई निकास नदिने अनिर्णयको बन्दी बनाउने भक्तहरु र कार्यकर्ताहरुले आन्दोलन गर्न मात्र जानेका छन । नेताहरूले रमिता देखाए । अब कसको निम्ति चक्का जाम, नेपाल बन्द र आन्दोलन गर्नुहुन्छ ? यसकारण दोषी र जिम्मेवार नेताहरू छन ।

राजनीतिक दलहरूका भक्तहरू र कार्यकर्ताहरुले अब आफ्नै नेताहरू विरुद्ध आन्दोलन गरे मात्र हो । सेनाहरुले सत्ता कब्जा गरे भने अब पनि आन्दोलन गर्नुहुन्छ ? कसको निम्ति आन्दोलन गर्नुहुन्छ ? अब गरेको आन्दोलनको उद्देश्य र नारा के ? सेनाहरुले गर्दा लुटन पाइएन, मनपरि गर्न पाइएन भनेर आन्दोलन गर्नुहुन्छ ? सेनाहरुले गर्दा प्रजातन्त्र हनन र मौलिक हक अधिकार हनन भयो भनेर आन्दोलन गर्नुहुन्छ ? अब आन्दोलनको कुनै ओचित्य छैन । नेताहरूको सम्पुर्ण नाटकमंच देखियो ।

मुलुक भन्दा ठूलो २०७२ सालको संविधान होइन संविधान फेरि पनि बन्न सक्छ । त्यस्तै मुलुक भन्दा ठुलो राजनीतिक दलहरूका नेताहरू पनि होइन ? मुलुकमा विक्रम सम्वत २०६२/०६३ सालपछि आजसम्म जताततै अराजकता, विकृति, बेथिति, मनपरि र लथालिङ्ग भएको अवस्था छ ।

राजनीतिक दलहरुका नेताहरू मुलुक हाँक्न निरन्तर रूपमा पुर्ण असफल भएका छन । राजनीतिक दलहरुका नेताहरु संग कुनै भिजन नै छैन । मुलुकमा अब सेनाहरुले तत्काल सैनिक शासन लागु गर्नुपर्ने आवश्यकता छ । मुलुकमा राजनीतिक दलका शीर्ष नेताहरूको रमिता, नाटक मंचन र खेलाची अति भो ? अब मुलुकमा तत्काल सैनिक शासन चाहिएको छ ।

राजनीतिक दलहरूको नेताहरूलाई मुलुक भन्दा ठूलो सत्ता लिप्साको स्वार्थ हावी भएको देखियो । यसकारण मुलुकमा तत्काल सैनिक शासनको खाँचो छ ।

राजनीतिक दलहरूका नेताहरुले आजसम्म मुलुकमा निकास नदिएको र संधैभरी मुलुकलाई अनिर्णयको बन्दी बनाई नेताहरूले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा राजनीतिकलाई खाने माध्यम, खाने पेसा र खाने थलो बनाइएकोले तत्काल सेना आउ देश बचाउ । तत्काल सेना आउ मुलुकलाई निकास देउ । तत्काल सेना आउ देश बचाउ ।

(लेखक ; राकेश कुमार शर्मा स्वतन्त्र नागरिक हुन )

प्रतिक्रया दिनुहोस्