भागरथी भट्टको हत्यारालाई कारबाहीको माग गर्दै नेपालगन्जमा प्रदर्शन

नेपालगन्ज । भागरथी भट्टको हत्यारालाई सार्बजनिक गर, बलात्कारीलाई अभिलम्ब कारबाही गर भन्दै नेपालगन्जमा विरोध प्रदर्शन गरिएको छ  ।

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन बाकेको आयोजनामा आइतबार उक्त प्रदर्शन भएको हो । पछिल्लो समय देशमा शृङ्खलावद्द रूपमा बलात्कारका घटना घटेको भन्दै दोषीलाई कारबाही गर्नुको सट्टा सरकार उदासीन देखिएको भन्दै विरोध प्रदर्शन गरिएको आयोजकले जनाएको छ । केहीदिन अघि भएको भागिरथी भट्टको हत्याको निन्दा गर्दै उनको न्यायका लागि शान्तिपुर्ण सडक प्रदर्शन गरिएको छ ।

उनीहरूले हत्यारालाई पक्राउ गरि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन । भट्टको हत्यामा संलग्नलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन माग गरिएको संगठनकी प्रवक्ता आशा बिस्टले जानकारी दिएकी छ्न । कंचनपुरकि १३ वर्षिया बालिका निर्मला पन्तको जस्तै घटनाका दोषी उम्किन नपाउन भन्ने उदेश्यले दवाब स्वरुप विरोध र्याली गरिएको हो ।

 

 

प्रतिक्रया दिनुहोस्