कोहलपुरमा अबैध भङ्गारु टोली वन्यजन्तुको सिकारमा सक्रिय, दुईजना युवक पक्राउ

कोहलपुर । कोहलपुर नगरपालिकामा रहेका सडक छेउछाउ र सरकारी जग्गामा अवैध रूपमा पाल टागी बसोबास गर्दै आएका भङ्गारुहरु वन्यजन्तु तस्करीमा सक्रिय रहेको पाइएको छ ।

उनीहरुले बाँके राष्ट्रिय निकुञ्ज भित्र प्रवेश गरि संरक्षित वन्यजन्तुको सिकार गर्दै आएको पाइएको हो । यसैक्रममा कोहलपुरको चप्परगौडी स्थित डुढुवा खोला नजिक बसेका दुईजना युवकलाई निकुञ्जको टोलीले पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा नेपाली सेना, निकुञ्जको टोली र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले उक्त भङ्गारु टोलमा छापा मारी उनीहरूले सिकार गरि ल्याएको एक वन्यजन्तु सहित दुई युवकलाई पक्राउ गरेको हो । वन्यजन्तुको नाम भने खुल्न नसकेको र आवश्यक अनुसन्धान पश्चात् मात्रै पत्ता लाग्ने निकुञ्जले जनाएको छ ।

प्रतिक्रया दिनुहोस्