म्यानमारकी प्रजातन्त्रवादी नेतृ सुकी बुधबारसम्म हिरासतमै बस्नुपर्ने

एजेन्सी। म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई बुधबारसम्म हिरासतमा राखिने भएको छ। सुकीका वकिल माउङ्ग खिन जाओले सञ्चारमाध्यमसँग कुरा गर्दै सुकी बुधबारसम्म प्रहरी हिरासतमा रहने जानकारी दिएका हुन्।

यसअघि सुकीलाई सोमबारसम्म मात्र प्रहरी हिरासतमा राखिने अनुमान गरिएको थियो। तर, उनलाई अदालतले थप दुई दिन हिरासतमा राख्न आदेश दिएको हो। सोमबार सुकीका वकिलले भने, ‘अदालतमा हामीलाई बताइएअनुसार सुकीलाई १७ फेब्रुअरीसम्म हिरासतमा राखिनेछ। अहिले उनी प्रहरीको निगरानीमा रहनेछीन्। यो सही हो कि होइन, तपाईं आफैं भन्न सक्नुहुन्छ।’ खिनको टोलीका एक वकिलले सञ्चारमाध्यमसँग कुरा गर्दै भने, ‘न्यायाधीशले सोमबार बिहान भिडियो कन्फ्रेन्सको माध्यमबाट सुकीसँग कुरा गरेका थिए र आफ्नो पक्षबाट वकिल राख्न सक्ने वा नसक्ने विषयमा सोधपुछ गरेका थिए।

म्यानमारमा मानिसहरुले सुकीको रिहाइको माग गर्दै पछिल्लो १० दिनदेखि निरन्तर प्रदर्शन गरिरहेका छन्। उनीहरुले म्यानमारको प्रजातन्त्र पुनर्बहालीको माग गरिरहेका छन्।

प्रतिक्रया दिनुहोस्