नेपालमा नयाँ प्रजातिको कोरोनाः २२ जनामा संक्रमण पुष्टि

काठमाडौं। नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस (युके भेरिएन्ट)बाट संक्रमण हुने संख्या २२ पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

महाशाखा प्रमुख डा. कृष्ण पौडेलका अनुसार नयाँ भेरिएन्टको संक्रमण फैलावट बढ्ने क्रममा रहेको आशंका गरिएको छ। बेलायतबाट आएका ३ जना र उनीहरुको परिवारसहित कुनै ट्राभल हिस्ट्री नभएकामा भेरिएन्ट पुष्टि भएको हो।

केहीदिनअघि मुक्तिनाथ दर्शन गरि फर्किएका एक व्यक्तिको परिक्षण गर्दा भेरिएन्ट पुष्टि भएको र ती व्यक्तिको सम्पर्कमा रहेका १३ जनाको नमुना परिक्षण गर्दा पनि नयाँ भेरिएन्टको पुष्टि भएको हो। कन्ट्याक्ट ट्रेसिङ गर्दा ती व्यक्ति पनि बेलायतबाट फर्किएका व्यक्तिको नजिक थिए।

संक्रमण देखिएकामा कुनै स्वास्थ्य समस्या नभएको र पोखरा तथा काठमाडौंमा संक्रमणको थप आशंका गरिएको छ। महाशाखा पौडेलले भाइरस फैलने क्रममा रहेकाले सामाजिक सुरक्षाका मापदण्डलाई कडाइका साथ पालना गर्न जरुरी रहेको समेत बताए।

प्रतिक्रया दिनुहोस्