बर्दगोरिया १ स्थित राजकुला सामुदायिक वनमा एक युवक मृत भेटिए

बौनिया,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा एक युवक मृत अबस्थामा भेटिएका छ्न । सोमबार  दिउँसो उवडा नम्बर १ कट्टिपुरमा रहेको राजकुला सामुदायिक वनभित्र अन्दाजी २३/२४ वर्षीय एक युवकको शव भेटिएको स्थानीयले बताएका छ्न ।

सामुदायिक वनभित्र बाख्रा हेर्न गएका स्थानीयले उक्त शव फेला पारेको स्थानीय दिनेश शाहीले वताए । शव केही दिन अघिको हुनसक्ने बताइएको छ । शव कसको हो भन्ने बारे पुष्टि हुन सकेको छैन । अनुसन्धानका लागि अहिले घटनास्थलमा प्रहरी पुगेको छ ।

 

 

 

 

 

प्रतिक्रया दिनुहोस्