हिमताल विस्फोटमा परी मृत्यु हुनेको संख्या ५८ पुग्यो

एजेन्सी । भारतको उत्तराखण्डस्थित चमोली जिल्लामा हिमताल विस्फोटपछि आएको बाढीमा परी मृत्यु हुनेको संख्या ५८ पुगेको छ।

अधिकारीहरूका अनुसार घटनामा अझै १ सय ४६ जना बेपत्ता छन्।धौलीगंगा नदीमा रहेका दुईवटा जलविद्युत परियोजनामा काम गरिरहेका मजदुरहरू बाढीको चपेटामा परेका थिए।

तपोवन जलविद्युत परियोजनाको सुरुङबाट पछिल्लो पटक ११ जनाको शव निकालिएसंगै मृतकको संख्या ५८ पुगेको चमोली जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

हिमताल फुटेर चमोलीका अलकानन्द र धौलीगंगामा आएको बाढीमा परेकाहरूको लगातार उद्धार कार्य चलिरहेको छ।

प्रतिक्रया दिनुहोस्