भागरथीका हत्यारालाई कानूनी दायरामा ल्याउन माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं । महिला कानून व्यवसायीहरुले भागरथी भट्ट घटनाको प्रभावकारी अनुसन्धान गरी अपराधीलाई कारबाही गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापासमक्ष ज्ञापनपत्र बुझाएका छन् ।

नेपाल बार एशोसिएशन महिला समितिका पदाधिकारीहरुले मंगलबार गृहमन्त्री थापालाई भेट गरी बैतडीको दोगडाकेदार–तीनमा भागरथी भट्टलाई बलात्कार गरी हत्या गर्ने हत्यारामाथि अनुसन्धान गरी कानूनी कारबाहीको दायरामा ल्याई पीडित र उनका परिवारलाई न्याय दिलाउन माग गरेका हुन् ।

भागरथीको बलात्कारपछि हत्या लगायत देशव्यापी रुपमा भएका बलात्कारका घटनाहरुको सुक्ष्म अध्ययन गरी अपराधीलाई कानूनी कारबाही गर्न माग गरिएको महिला कानून व्यवसायीले बताएका छन ।

भेटमा गृहमन्त्री थापाले भागरथी घटनाको अनुसन्धान अपराधीको नजिक पुगेको र अपराधीहरु छिट्टै पक्राउ पर्ने विश्वास दिलाएका छन । महिला कानून व्यवसायीहरुले निर्मला पन्तको घटनामा जस्तो कमजोर अनुशन्धान नगर्न समेत गृहमन्त्री थापासमक्ष माग गरेका छन् ।

प्रतिक्रया दिनुहोस्