पुस ५ गतेसम्म १८ वर्ष पुगेका व्यक्तिले मात्रै मतदान गर्न पाउने

काठमाडौं । गत पुस ५ गतेसम्म १८ वर्ष पुगेका व्यक्तिले आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनमा मतदान गर्न पाउने भएका छन् ।

सोमबार राजपत्रमा प्रकाशित निर्वाचन आयोगको सूचनामा उक्त कुरा उल्लेख छ । दुई चरणमा हुने निर्धारित प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोगजनका लागि मतदाता नामावलीमा नाम समावेश गर्ने गरी आयोगको सूचना प्रकाशन गरिएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गएको पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन्।

 

प्रतिक्रया दिनुहोस्