सूचीमाथि नेशनल डिजास्टर कानून उल्लंघन गरेको अभियोग

एजेन्सी । म्यानमारको सेनाले प्रजातन्त्रवादी नेतृ आङ साङ सूचीमाथि अर्को अभियोग लगाएको छ । यसअघि अवैध वाकिटकी राखेको अभियोग लगाएको सेनाले सूचीमाथि नेशनल डिजास्टर कानून उल्लंघन गरेको अभियोग लगाएको हो ।

सेनाले वाकिटकी राखेको अभियोगको सुनुवाईका लागि भिडियो लिंक मार्फत प्रस्तुत हुने क्रममा सूचीमाथि डिजास्टर कानून उल्लंघनको आरोप लगाएको छ ।

सेनाले फेब्रुअरी १ मा निर्वाचित सत्ता हत्याएर शक्ति आफ्नो हातमा लिएको थियो । गएको नोभेम्बर ८ मा भएको चुनावमा धाँधली भएको आरोप लगाउँदै सेनाले सूकीसहितलाई पक्राउ गरि सत्ता हातमा लिएको छ ।

सो चुनावमा सूकीको पार्टीले अत्याधिक बहुमत ल्याएको थियो । सेनाले धाँधली गरेको प्रमाण भने अहिलेसम्म दिएको छैन । म्यानमारमा सैनिक कू विरुद्ध प्रदर्शन बढ्दै गएपछि सेनामाथि दवाब बढेको छ ।

सर्वसाधारण, पेशाकर्मी तथा भिक्षुसहितले सेनाविरुद्ध निरन्तर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीले सुकीसहितका नेतालाई रिहा गर्न माग गरिरहेका छन् । सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि गरिरहेको ज्यादतीलाई लिएर संयुक्त राष्ट्रसंघले चेतावनी दिइसकेको छ ।

प्रतिक्रया दिनुहोस्