लम्कीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु ,एक गम्भीर घाइते

लम्की,कैलाली । ट्रकको ठक्करबाट कैलालीमा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छ्न ।

(तस्वीर ;ललित देउवाको फेसबुकबाट )                    बुधबार साझ लम्कीचुहा नगरपालिका १० मा बा ५ ख ८४०६ नम्बरको ट्रकले अस्थायी नम्बरको लु ७८ प ३९०५ को माेटरसाईकललाई ठक्कर दिदा माेटरसाईकल चालक लम्कीचुहा नगरपालिका ४ बलिया निवासी २७ बर्षिय दिनेश चौधरीको मृत्यु भएको जनाइएको छ ।

ट्रकको ठक्करबाट गम्भीर घाइते चौधरीलाई स्थानीय लालरत्न अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा सवार कैलालीको जानकी गाउँपालिका वडा १ निवाशी अन्दाजी १६ वर्षीया सन्ध्या चौधरी घाइते भएको र थप उपचारको लागि शिक्षण अस्पताल कोहलपुर ल्याइदैछ ।

 

प्रतिक्रया दिनुहोस्