८ महिना यताकै बढी सस्तियो सुनको मुल्य

काठमाडौ । सुनकाे मूल्य लगातार घट्दा ९० हजारमन्दा तल झरेकाे छ । यो मूल्य पछिल्लो आठ महिनायताकै सस्तो हाे ।

हिजो एकैदिन तोलामा ११ सय रुपैयाँले घटेकाे सुनकाे भाउ आज पनि ६ सय रुपैयाँले घटेकाे नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।  असार ५ गतेपछि पहिलो पटक छापावाल सुनको भाउ प्रतितोला ८९ हजार ५ सयभन्दा तल झरेकाे हाे । असार ५ गते ८९ हजार ९ सयमा काराेबार भएकाे थियो ।

बुधबार तोलामा ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर ८९ हजार २०० रुपैयाँ कायम भएकाे  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।  यस्तै बिहीबार तेजावी सुन तोलामा ८८ हजार ७५० रुपैयाँ कायम भएकाे छ । यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ ।

बुधबार तोलामा १ हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ५ घटेर तोलामा १ हजार ३३५ रुपैयाँमा कायम भएकाे छ ।

 

 

 

प्रतिक्रया दिनुहोस्