कतारमा विदेशी यात्रुलाई सुर्तीजन्य पदार्थ बोकेर यात्रा गर्न प्रतिबन्ध

काठमाडौं । कतार सरकारले विदेशी यात्रुलाई सुर्तीजन्य पदार्थ बोकेर यात्रा गर्न प्रतिबन्ध लगाएको छ ।

नेपालस्थित कतारी दूतावासले विज्ञप्ति जारी गरी कतार जाने विदेशी यात्रुलाई सुर्तीजन्य पदार्थ लैजान प्रतिबन्ध लगाएको जनाएको छ ।

वैदेशिक रोजगारी, व्यवसाय गर्न वा अन्य कामले कतार जाने विदेशी यात्रुलाई सुर्तीजन्य पदार्थ लैजान प्रतिबन्ध लगाइएको छ ।

सुर्तीजन्य पदार्थ बेच्न बनाइएका कुनै पनि उपकरण, सुर्तीजन्य विज्ञापन, प्रचार, स्पोन्सर हुने खालका सामानसमेत लैजान प्रतिबन्ध लगाएको दूतावासले जनाएको छ ।

प्रतिक्रया दिनुहोस्