सीआईबीका दुई अनुसन्धान अधिकृतलाई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का दुईजना अनुसन्धान अधिकृतले अन्तर्राष्ट्रिय अवार्ड पाएका छन्।

कुख्यात वन्यजन्तु तस्कर कुन्जोक छिरिङ तामाङलाई पक्राउ गर्न महत्वपूर्ण भूमिका खेलेका सीआईबीका प्रहरी निरीक्षक सुर्दशन पन्थी र नायब निरीक्षक वीरेन्द्रसिंह जोहरीले २०२० को पाँचौं एसिया पर्यावरण प्रवर्तन पुरस्कार पाएका हुन्।

ब्युरोका प्रमुख डीआईजी सहकुलबहादुर थापाका अनुसार संयुक्त राष्ट्र संघको वातावरण कार्यक्रमले उनीहरुलाई यो अवार्ड दिएको हो। सीआईबीका अधिकृतले यो अवार्ड पाउनुले नेपाल प्रहरी अपराध अनुसन्धान अब्बल छ भन्ने पुनः एकपटक प्रमाणित भएको थापाले बताए।

प्रतिक्रया दिनुहोस्