बलात्कारविरुद्व नेपाल महिला संघले भोलि शान्तिबाटिकामा विरोध प्रदर्शन गर्ने

काठमाडौं। मुलुकमा दिनप्रतिदिन बढ्दै गएका हत्या, हिंसा र बलात्कारविरुद्व नेपाल महिला संघले भोलि शनिबार शान्तिबाटिका रत्नपार्कमा विरोध प्रदर्शन गर्ने भएको छ ।

संघकी अध्यक्ष उमा रेग्मीले आज शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी भोलि महिलाविरुद्धको हिंसा र बलात्कारविरुद्ध विरोध प्रदर्शन गर्ने जानकारी दिएकी हुन् । देशमा कम्युनिष्ट सरकारले असंवैधानिक तथा अलोकतान्त्रिक कदम चालेको भन्दै त्यसका विरुद्ध पनि प्रदर्शन केन्द्रित हुने बताइन् । उनले शनिबार दिउँसा १ बजे विरोध सभा हुने जानकारी दिएकी छिन् ।

संघकी अध्यक्ष रेग्मीले नेपालमा बलात्कार घटना बढ्दै जानुमा सरकार जिम्मेवार भएको आरोप समेत लगाएकी छिन् । सरकारले महिलालाई सुरक्षा दिन नसकेको भन्दै कडा आन्दोलनको चेतावनी दिइन् । उनले महिलाविरुद्धको हिंसा बढ्नुले आफूहरु गम्भीर भएको बताएकी छिन् ।

प्रतिक्रया दिनुहोस्