
कोहलपुर । ट्रिपरको ठक्करबाट बर्दियामा एकजना मोटरसाइकल चालक चालको मृत्यु भएको छ ।
शुक्रबार साझ ठाकुरबाबा नगरपालिका ५ शाहिपुरमा
भे १ ख १४८८ नम्बरको ट्रिपरले किच्दा भे १० प २६४७ नम्बरको मोटरसाइकल चालकको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ ।
मृतक व्यक्ति कोहलपुर ८ का ३० वर्षीय नवराज बुढाथोकी रहेको प्रहरीले जनाएको छ ।
ट्रिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने शव जिल्ला अस्पताल गुलरियामा लगिएको प्रहरीले जनाएको छ ।