बालबाटिका क्रिकेट लिगमा आज दुई क्वाटर फाईनल खेलहरु हुदै

मुडा,कैलाली । कैलालीको बर्दगोरीयामा जारी नव बालबाटिका क्रिकेट लिग (बि.सि.एल) सिजन ‘२’ मा सोमबार २ वटा क्वाटर फाईनलका खेलहरु हुने भएका छन ।

लिग चरणका तीन खेल सम्पन्न भएसंगै क्वाटर फाईनल समीकरण पूरा भएको थियो । सोमबार विहान ९ बजे हुने पहिलो क्वाटरफाईनल खेलमा समुह ‘ए’ को विजेता आयोजक बालबाटीका विरुद्ध, समुह ‘सी’ को उपविजेता गुरुकुल एकाडेमी लम्कीका भिड्नेछ ।

यसैगरी आजैहुने दोस्रो क्वाटरफाईनल खेलमा दिउँसो १ बजे समुह ‘वि’ को विजेता लिटिल फ्लावर धनगढी र समुह ‘डी’ को उपविजेता गणेश बाबा टीकापुर भिड्नेछन् ।

प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख १५ हजार १ सय ११ रुपैया,मेडल, ट्रफि र प्रमाणपत्र,द्धितिय हुने टिमले नगद ५७ हजार ५ सय ५५ रुपैया मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छ ।

प्रतियोगीता फागुन १३ गते सम्म संचालन हुने आयोजकले जनाएको छ ।

 

प्रतिक्रया दिनुहोस्