फागुन २३ गतदेखि शिक्षकहरुलाई कोरोनाविरुद्धको खोप

काठमाडौं। सरकारले यहि फागुन २३ गते देखि शिक्षकहरुलाई कारोना भाईरस (कोभिड-१९) विरुद्धको खोप दिने भएको छ।

भारतको सेरम इन्ष्टिच्युटसँग खरिद गरिएको २० लाख डोज मध्ये १० लाख डोज खोप आइतबार आएसँगै यो चरणमा शिक्षकहरु समेटिएका हुन्।

महाविद्यालयका प्राध्यापक, शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सहचालकले यो चरणमा खोप लगाउन पाउनेछन्। बालबालिकाको प्रत्यक्ष सम्पर्कमा आउने वर्ग भएर पनि शिक्षकहरुलाई प्राथमिकतामा नराखिएको भन्दै आलोचना भईरहेका बेला यस्तो निर्णय भएको हो।

प्रतिक्रया दिनुहोस्