कोरोना अपडेटः १२५ जनामा कोरोना संक्रमण पुष्टि, ९० संक्रमणमुक्त

काठमाडौं। पछिल्लो २४ घण्टामा मुलुकभर थप १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ९० जना संक्रमणमुक्त भएका छन्।

आजसम्म कुल संक्रमितको संख्या दुई लाख ७३ हजार पाँच सय ५६ जना पुगेको छ। जसमध्ये सक्रिय संक्रमित १५ सय २९ छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार बितेको २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन। नेपालमा हालसम्म कोरोना संक्रमणले दुई हजार ६१ जनाको मृत्यु भइसकेको छ।

हालसम्म २ लाख ६९ हजार ९ सय ६६ जना संक्रमणमुक्त भएका छन्। हाल क्वारेन्टाइनमा रहनेको संख्या ६६ छ। नेपालमा हालसम्म २१ लाख ४३ हजार तीन सय १५ जनाको पिसिआर परीक्षण गरिएको छ।

प्रतिक्रया दिनुहोस्