ट्राफिक चेकिङ छल्न खोज्दा स्कुटर चालकको मृत्यु

काठमाडौं। ट्राफिक चेकिङ छलेर भाग्न खोज्दा ललितपुरको जावलाखेलमा सोमबार एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्कुटर चालक अन्दाजी ३३ वर्षीया महिला रहेकी छिन्। उनको परिचय नखुलेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

जावलाखेलबाट एकान्त कुनातर्फ जाँदै गरेको बा २ ख ३५७४ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको प्रदेश ३ ०२ ०१० प ५५८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो। गम्भीर घाइते भएकी उनको उपचारका क्रममा अल्का अस्पतालमा मृत्यु भएको हो।

ट्राफिक चेकिङका क्रममा भाग्न खोज्दा बसले स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

प्रतिक्रया दिनुहोस्