१४ गते ओलीले सुर्खेतमा संबोधन गर्ने

काठमाडौं । ओली समूह नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सुर्खेत जाने भएका छन् ।  पार्टी प्रदेश कमिटीको आयोजनामा हुने जनसभालाई सम्बोधनका लागि ओली फागुन १४ गते सुर्खेत जान लागेका हुन् ।

प्रदर्शनमा उपस्थितिका लागि कर्णालीवासीलाई आह्वान गरिएको छ।  ओलीको साथमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि पनि सहभागी हुने बताइएको छ । नेकपा केन्द्रीय सदस्य तथा जनसभा मूल व्यवस्थापन समितिका संयोजक मोहनमाया ढकालका अनुसार ५० हजारभन्दा बढीको सहभागिता रहनेछ ।

प्रदेश कमिटी, जिल्ला कमिटी र स्थानीय तहका सम्पूर्ण नेता कार्यकर्ताहरुको उपस्थितिमा प्रदेशको राजधानीमा पहिलो पटक यति ठुलो कार्यक्रम गर्न लागिएको हो ।

 

प्रतिक्रया दिनुहोस्