सर्वोच्च अदालतद्वारा संसद पुन:स्थापना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ ।

अब प्रतिनिधिसभा पुनर्स्थापित भएको छ ।  सर्वोच्चको संवैधानिक इजलाशले संसद पुनस्थापनाको फैसला सुनाएको हो । सर्वोच्चले १३ दिनभित्र संसद बैठक बोलाउन आदेश पनि दिएको छ ।

मुद्दाको पक्ष, विपक्ष र अदालतको सहयोगी ‘एमिकस क्युरी’ को बहस सकिएपछि इजलासमा बहस नोट बुझाउन प्रधानन्यायाधीश जबराले हिजोसम्मको समयसीमा दिएका थिए । त्यसको भोलिपल्टै आजै बहस नोटको अध्ययन गरिसकेपछि अदालतले फैसला गरेको हो ।

सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध रिट परेका थिए ।  एमिकस क्युरीका पाँच जनामध्ये बहसमा पाँचजनाले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेका थिए ।

 

 

प्रतिक्रया दिनुहोस्