
बौनिया,कैलाली । प्रतिनिधिसभा विघटनको फैसला सर्वोच्च अदालतले बदर गरेपछि कैलालीको बर्दगोरिया स्थित सडकपुर बौनिया र मुडाबजारमा खुसियालीसहित दिपावली मनाइएको छ ।
‘प्रचण्ड–नेपाल’ समर्थकहरुले यहाँ मंगलबार साझ दीप प्रज्जवलनसहित खुसियाली मनाएका हुन् ।
सर्वोच्च अदालतले मङ्गबार संसद विघटनलाई बदर गरिदिएको छ।
नेपालको संविधानको धारा ७६ (१), (७) र ८१ (१) तथा राष्ट्रिय अन्तर्राष्ट्रिय संसदीय अभ्यासका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटनको लागि सिफारिस गरेका थिए।