निर्वाचनसँग सम्बन्धित सबै प्रक्रिया स्थगित

काठमाडौं । सर्वोच्च अदालतले संसद विघटन गर्ने सरकारको निणर्य बदर गरेपछि मध्यावधि निर्वाचनसँग सम्बन्धित सबै प्रक्रिया स्थगित हुने भएका छन् ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले मंगलबार संसद विघटन गर्ने निणर्य असंवैधानिक ठहर गर्दै बदर हुने फैसला सुनाएपछि प्रतिनिधि सभाको मध्यावधि निर्वाचनसँग सम्बन्धित प्रक्रियाहरु स्थगित हुने भएका हुन् ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको प्रतिनिधि सभा विघटन गरेकी थिइन् । प्रतिनिधि सभा विघटनसँगै सरकारकै सिफारिसअनुसार राष्ट्रपति भण्डारीले आगामी वैशाख १७ र २७ गते (दुई चरणमा सम्पन्न हुने गरी) मध्यावधि निर्वाचनको घोषणा समेत गरेकी थिइन् ।

संसद विघटन गरी दुई चरणमा सम्पन्न गर्ने गरी मध्यावधि निर्वाचनको घोषणा भएपछि निर्वाचन आयोगले सोही अनुसार तयारी अगाडि बढाइएको जनाएको थियो ।
निर्वाचन आयोगले शुक्रबार मात्रै निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने सामग्रीहरु खरिदका लागि बोलपत्र आह्वान गरेको थियो ।

आयोगले निर्वाचन प्रयोजनका लागि १४ करोड रुपैयाँ मूल्य बराबरका सामग्री खरिद गर्न भन्दै शुक्रबार बोलपत्र आह्वान गरेको थियो ।

आयोगले १ हप्ता म्याद भएको बोलपत्र आह्वान गरी छपाइसम्बन्धी (मतपेटिका स्टिकर र परिचयपत्र), छपाइसम्बन्धी (पोलबुुक तथा कार्ड), सुरक्षण सिल र रबर म्याट, स्वस्तिक छाप (रबर र पित्तल), नउड्ने मसीको मार्कर, छेकाबारा, स्ट्याम्प प्याड र मसी, सोसर, प्लास्टिक थैलो र बोरा, फोटोकपी पेपर, ग्लुस्टिक तथा कोरा कपडा र थैलो, स्ट्याप्लर मेशिन र पिन, स्केल तथा कैँची, जेलपेन (कालो र रातो), मार्कर पेन, पञ्चिङ मेशिन र लाहा खरीदका लागि बोलपत्र आह्वान गरिएको थियो ।

तर, सर्वोच्च अदालतले मंगलबार प्रतिनिधि सभा पहिलेकै अवस्थामा सञ्चालित हुनसक्ने ठहरसहित पुनःस्थापनाको फैसला सुनाएपछि यो खरिद प्रक्रिया पनि अन्यौलमा परेको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सर्वोच्च अदालतको फैसला अनुसार नै आयोग अगाडि बढ्ने बताए ।

सर्वोच्चले फैसला सुनाइ सकेपछिको अवस्थामा बुधबार बैठक बसेर आवश्यक निणर्य हुने आयोगका प्रवक्ता श्रेष्ठले जानकारी दिए । ‘प्रतिनिधि सभा विघटन भएर निर्वाचन घोषणा गरिएको अवस्थामा संविधानले निर्दिष्ट गरेअनुसार निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि आवश्यक तयारी थालेको थियो ।

 

 

 

 

प्रतिक्रया दिनुहोस्