बार्सिलोनाको जित

काठमाडौ । स्पेनिस लिगमा उपाधि दौडमा रहेको बार्सिलोनाले गएराति प्रभावशाली जित निकाल्दै ३ अंक बटुलेको छ ।

रेलिगेशन जोनमा रहेको एल्चे विरुद्ध क्याम्प नोउमा भएको खेलमाा बार्सिलोनाले ३ का विरुद्द ० गोलको सहज जित निकाल्यो । बार्साको जितमा लियोनम मेसीले २ जोर्डि अल्वाले १ गोल गरे ।

पहिलो हाफ गोल रहित टुंगिएको खेलमा तीनै गोल दोश्रो हाफमा भएका हुन् ।

खेलमा प्रभावशाली प्रदर्शन गरेका बार्साका कप्तान लियोनल मेसीले ४८औं र ६८ औं मिनेटमो गोल गरे ।

मेसीलाई गोल गर्न मार्टिन ब्रेथवेटले पास मिलाएका थिए । तेश्रो गोल बैेथवेटकै पासमा जोर्डि अल्वाले गरेका हुन् ।

यो जितसँगै बार्सिलोना २४ खेलबाट ५० आंकसहित तेश्रो स्थानमा पुगेको छ ।

समान खेल खेलेको रियल मड्रीडका ५२ आंक छ भने पहिलो स्थानको एथ्लेटिको मड्रीठको एक खेल कम खेल्दा पनि ५८ अंक छ ।

प्रतिक्रया दिनुहोस्