बाल बाटीका क्रिकेट लिगमा आज उपाधी भिडन्त,गुरुकुल र आर.एम.ई भिड्दै

मुडा,कैलाली । कैलालीको बर्दगोरिया जारी दोस्रो संस्करणको एभरफन चकलेट बाल बाटीका क्रिकेट लिगमा बिहिवार उपाधी भिडन्त हुदैछ ।

उपाधिका लागि बिहिवार गुरुकुल लम्की र आर. एम. ई. स्कुल टीकापुर बीच प्रतिस्पर्धा हुदैछ । बुधबार भएका दुई छुट्टाछुट्टै सेमिफाईनल खेलमा जित निकाल्दै गुरुकुल लम्की र आर. एम. ई फाइनलमा पुगेका हुन ।

उपाधीका लागि विहान १० बजे गुरुकुल लम्की र आर एम ई स्कुल टीकापुर प्रतिस्पर्धा गर्ने भएका छन । लिग चरणमा एउटै समुहमा रहेका यी दुई विद्यालयले खेलेको खेलमा गुरुकुलले जित दर्ता गरेको थियो ।

प्रथम हुने विद्यालयले नगद १ लाख १५ हजार १ सय ११ रुपैया,ट्रफी,मेडल र प्रमाण पत्र, द्धितिय हुने विद्यालयले नगद ५७ हजार ५ सय ५५ रुपैया ट्रफी,मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

 

 

 

 

प्रतिक्रया दिनुहोस्