युरोरडिस फोटो अवार्ड २०२१’ मा नेपाल दोस्रो स्थानमा

काठमाडौं । ‘युरोरडिस फोटो अवार्ड २०२१’ मा नेपालले दोस्रो स्थान हात पार्न सफल भएको छ ।

दुर्लभ रोग लागेर जीवन बिताउन  बाध्य व्यक्तिको जीवन शैलीलाई उजागार गर्ने लक्ष्यका साथ आयोजित अन्तर्राष्ट्रिय फोटो प्रतियोगितामा पोखराका खिमकाजी लामिछाने दोस्रो भएका हुन् । बेल्जियमको ब्रसेल्समा भएको अन्तिम प्रतियोगितामा उनले दोस्रो स्थान हासिल गरेका हुन् ।

प्रतियोगितमा ३० मुलुकका चार सयभन्दा बढी फोटोपत्रकारले खिचेका दुई हजार ७३ फोटोहरु समावेश गरिएको थियो ।  सजिलै हाड भाँचिने रोग (ओस्टियो नेनेसिस इम्पेर्फेक्टा—ओआई) बाट पीडित आफ्नै छोरा अनिमेसलाई दुर्गा केसी ह्विलचियरका सहायताले विद्यालय पुर्‍याउँदै गरेको फोटो छामिछानेले प्रतियोगिताका लागि पठाएका थिए ।

एघार वर्षीय छोरा अनिमेसको अहिलेसम्म ४० पटक हाड भाँच्चिसकेको बताइएको छ । ओआईबाट ग्रसित भई हिँड्डुल गर्न नसके पनि पढ्ने इच्छालाई रोक्न नसक्ने सन्देश लामिछानेले कैद गरेको फोटोले दिएको थियो ।

प्रतिक्रया दिनुहोस्