बाल बाटिक क्रिकेट लिगको उपाधी गुरुकुलको पोल्टामा

कैलाली । यस क्षेत्रकै सर्वाधिक पुरस्कार राशिको एभरफन बाल बाटिक क्रिकेट लिग (बि.सि.एल.) सिजन-२ को उपाधी गुरुकुल लम्किले हात पारेको छ ।

उपाधी संगै गुरुकुलले नगद १ लाख १५ हजार १ सय ११ रुपैया र ट्रफि हात पार्यो । बिहिवार मुडा स्थित खेल मैदानमा भएको फाईनल खेलमा आर.एम.ई टीकापुरलाई १० रनले पराजित गर्दै गुरुकुल उपाधी चुम्न सफल भयो ।

टस हारेर पहिले ब्याटिङ गरेको गुरुकुलले निर्धारित २० ओभर खेल्दै ९ विकेट गुमाउदै १ सय रन बनाउन सफल भएको थियो ।

१ सय १ रनको बिजयी लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको आर.एम.ई. टीकापुरले निर्धारित १९.१ ओभर खेल्दै सबै विकेट गुमाउदै ९० रन मात्र बनाउन सक्यो ।

निकै प्रतिस्पर्धात्मक खेलमा जीत नजिक पुगेको आए.एम.ई अन्ततः पराजित हुँदै दोस्रो बन्यो । उसले ५७ ह्जार ५ सय ५५ रुपैयाँ र ट्रफी हात पार्न सफल भयो । गुरुकुललाई उपाधी दिलाउने क्रममा संगम बिष्टले ४ ओभरमा १४ रन खर्चिदै ४ विकेट लिन सफल भए ।

 

 

प्रतिक्रया दिनुहोस्