युवती आक्रमणका दोषीलाई तत्काल कारबाही गर्न राप्रपा निकट महिला संगठनको माग

बाँके । नेपालगन्जमा एक युवती माथि जबर्जस्ती करणी गर्न खोज्ने र हत्या गर्न प्रयास गर्ने व्यक्तिलाई तत्काल कानुनी कारबाहीको माग गरिएको छ ।

युवाहरूको कुटपिटबाट गम्भीर घाइते भई उपचारका लागि आर्थिक अभाव झेलिरहेकि नेपालगन्ज ६ कि २० वर्षीय ति युवतीको उपचारका लागि राप्रपा निकट( राष्ट्रिय प्रजातान्त्रिक महिला ) नगर कार्य समिति नेपालगन्जले पहलसहित घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेको हो ।

पीडित युवतीको न्यायको लागि नेपालगंजको त्रिभुवन चोकमा दिप प्रज्वलन समेत गरिएको थियो ।

नगरकार्यसमिती महिला संगठन संग आवद्ध रहेकी महिलाले सुरक्षीत रहन र महिला हिंसा अन्त्य गर्न पीडितलाई न्याय दिन ,बलात्कारिलाइ कारवाहीको माग गर्दै आएका छ्न ।

समाजसेवी महिला तथा नेपालगन्ज उपमहानगरपालिका कि वडा सदस्य आशा बिष्ट थापाको अगुवाईमा ती पीडित युवतीको उपचाररत आर्थिक सहयोग जुटाउन पहल थालिएको छ भने बिहिवार नेपालगन्जमा दोषीलाई कारबाहीको माग सहित सडक आन्दोलन समेत गरिएको थियो ।                                                                                                                                            उक्त कार्यक्रममा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नगर कार्यसमिति आशा बिष्टको अध्यक्षयतामा संगठन संग आवद्ध महिला र राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन नगर कार्यसमिति अध्यक्ष रबि संकर बर्मा सह-कोषाध्यक्ष अमन गुप्ता सदस्य निराजन नर्सिङ राणा राष्ट्रिय प्रजातान्त्र पार्टी संग आवद्ध नेता कार्यकर्ताको उपस्तिथि रहेको थियो ।

नेपालगन्ज उपमहानगरपालिका ६ घर भएकी ती २० वर्षीया युवती केही दिन अघि नेपालगन्जमा युवाहरूको जबर्जस्ती करणीमा घाइते भएकी थिईन । उनको मुख, हात र खुट्टामा चोट लागेको छ । उनी अहिले भेरी अस्पतालमा उपचाररत छिन ।

प्रतिक्रया दिनुहोस्