खानामा सौखिन भाते नेपाली, ७ महिनामा साढे ३० अर्बको आयातित चामलको भात खाए

काठमाडौँ । कृषि प्रधान मुलुक भएपनि वर्सेनी चामलको आयात भने बढ्दो क्रममा छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको सात महिनामा मात्र ३० अर्ब ७० करोड ७४ लाख ३५ हजार रुपैयाँको चामल आयात भएको छ । यो गतवर्षको तुलनामा ११ अर्ब ५२ करोड २४ लाख ९६ हजार रुपैयाँले बढी हो ।

गतवर्ष सोही अवधिमा १९ अर्ब ५ करोड ४९ लाख ३९ हजार रुपैयाँको चामल आयात भएको थियो । सरकारले कृषि क्षेत्रमा आत्मानिर्भर भइरहेका छौँ भनि रहँदा खाद्यन्नको आयात घट्नुका सट्ट बढी रहेको छ । उसो त चालु आर्थिक वर्षमा अहिले सम्मकै धेरै धान उत्पादन भएको थियो ।

चालु आर्थिक वर्षमा मुलुकभर ५९ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । तर, पनि चालु आर्थिक वर्षको सात महिनामा नै चामलको आयात गतवर्षको भन्दा ११ अर्ब ५२ करोड २४ लाख ९६ हजार रुपैयाँ बढी भएको छ । अहिलेको अवस्थालाई हेर्दा चालु आर्थिक वर्षमा चामलको आयात मात्र करिब ५० अर्बको हुने देखिन्छ ।

कृषि तथा पुशपन्छि विकास मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरेले पछिल्लो समय स्वदेशमा धान उत्पादन बढी हुँदा पनि चामल आयात बढ्नुमा तीनवाट मुख्य कारण रहेको बताए । उनको भनाई अनुसार पहिलो त नेपालीहरुमा मसिना चामल खाने बानी बढेको छ, दोस्रो यथार्थ तथ्यांक नहुनु र भारतीय व्यापारीले सिमा क्षेत्रका किसानबाट धान काट्नु भन्दा पहिले नै खेतबाटै धान खरिद लिनु रहोको छ ।

‘नेपालीहरुले खाने बानीमा परिवर्तन ल्याउने हो भने स्वदेशमा उत्पादन भएको खाद्यन्नले नेपालीहरुलाई खान पुग्छ । विदेशबाट खाद्यन्न आयात गर्नै पर्दैन ।’

यस्तै विभिन्न कारणले गर्दा स्वदेशमा धान उत्पादन बढे पनि चामलको आयात बृद्धि हुँदै गएको हो । उनी भन्छन् ‘नेपालीहरुले खाने बानीमा परिवर्तन ल्याउने हो भने स्वदेशमा उत्पादन भएको खाद्यन्नले नेपालीहरुलाई खान पुग्छ । विदेशबाट खाद्यन्न आयात गर्नै पर्दैन ।’ नेपालीलाई खानको लागि स्वदेशमै प्रप्यात खाद्यन्न उत्पादन हुने उनको भनाई छ ।

‘नेपालमा वार्षिक ९२ देखि ९६ लाख मेट्रिक टन खाद्यन्न नेपालीलाई आवश्यकता पर्छ । आवश्यकता भन्दा धेरै १ करोड ४ लाख मेट्रिक टन खाद्यन्न उत्पादन हुन्छ ।’ उनले भने । तर, पनि खाद्यन्नका लागि वर्षेमा अरबौँको खाद्यन्न आयात हुन्छ, ।’

 

 

 

 

प्रतिक्रया दिनुहोस्