
कोहलपुर । भुमिहीनको आन्दोलनका कारण कोहलपुर ठप्प बनेको छ । शनिबार बिहान ९ बजेदेखि यहाँका अव्यवस्थित भूमिहीन तथा सुकुम्बासीले गरेको चक्काजामले कोहलपुर ठप्प वनेको हो ।
उनीहरूले स्थानीय तहले भुमिहीन तथा सुकुम्बासीलाई लगत संकलनमा सहभागी नगराएको भन्दै उनीहरुले तीन देखि शान्तिपूर्ण आन्दोलन गर्दै आएका छन् ।
अव्यवस्थित भूमिहीन तथा सुकुम्बासी संघर्ष समिति कोहलपुरले नगर बिकासकाे सरकारी जग्गा पाउनुपर्ने भन्दै माग गरेको छ ।