प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो सोलु एफ.एममा आगलागी,करोड बढीको क्षति

सोलुखुम्बु । प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो सोलु एफ.एममा आगलागी भएको छ । योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु आगलागीले पुर्ण क्षतिग्रस्त भएको छ ।

आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो सञ्चालक समितिका अध्यक्ष बुद्धिनारायण श्रेष्ठले जानकारी दिए । सोलुदूधकुण्ड नगरपालिका–६ दोर्पुबजारमा सञ्चालित उक्त रेडियोको स्टुडियोबाट शुरु भएको आगोले रेकडिङसहित भवन समेत जलेर नष्ट भएको जनाइएको छ ।

आगलागीबाट रु एक करोड बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिए पनि कारण खुल्न सकेको छैन ।

नगरपालिकाको दमकल, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, स्थानीयवासी, रेडियोका कर्मचारी, प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाही, प्रहरी नायब उपरीक्षक दिनेश शर्मा, वडाध्यक्षलगायतको सहयोगमा करिब दुई घण्टापछि नियन्त्रणमा आएको थियो । विसं २०६१ मा स्थापना भएको सोलु एफएम हाल एक हजार वाट क्षमतामा प्रसारण भइरहेको छ ।

रेडियोको सामग्री सबै जलेर नष्ट भएको हुँदा नियमित प्रसारणमा केही समय लग्न सक्ने समितिले जनाएको छ ।

 

प्रतिक्रया दिनुहोस्