बिचल्लिमा परेका घोडाघोडीका बालबालिकालाई सहयोग

सुखड,कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाका बिचल्लिमा परेका बालबालिकालाई सहयोग गरिएको छ ।
बुवा भारतमा रहेको र आमा अर्को बिबाह गरि गएको हुदा घोडाघोडी नगरपालिका वडा न ८ जरहिमा ६ जना बालबालिका बिचल्लीमा परेका थिए । अभियान्ता लक्ष्मी बोगटी कुवरको अभियानबाट संकलन भएको ८५ हजार बराबरको राहत वितरण गरिएको हो ।

खाद्यन्न,छाउनका लागि जस्तापाता,खाट लगायत आर्थिक रकम गरि ८५ हजार बराबरको सहयोग हस्तान्तरण गरिएको अभियान्ता लक्ष्मि कुवरले जानकारी दिइन । घोडाघोडी नगरपालिका वडा न ८ का वडाध्यक्ष भिम बोगटी, अभियान्ता लक्ष्मि बोगटि लगायतको टोलिले उक्त सहयोग पिडितको घरमै पुगि हस्तान्तरण गरेका छन ।
अभियानमा घोडाघोडी ८ का सुनिल केसी,टंक कडेल,दिपु सापकोटाले सहयोग गरेका थिए।
बुवाले पनि बेवास्ता गरेको र आमा पनि अर्को बिबाह गरि गइसकेको अवस्थामा बिचल्लिमा रहेका बालबालिकाको सहयोगका लागि लक्ष्मिले अभियान सञ्चालन गरेकि थिइन ।

अभियानका लागि घोडाघोडी नगरपालिका वडा न ८ का उमेश पाण्डे मुख्य पहलकर्ता रहेका थिए । अभियानमा जेस्स लिम्बुले २७ हजार,मिलन थापाले १५ हजार,खुशि राइले १० हजार,साजन तामांङ गोलेले १० हजार,सिमा रमौलि आलेले ५ हजार,मिना शर्माले ५ हजार,खेम साउदले ५ हजार,जेस्ना शाहिले ५ हजार,लिलि गुरुले ५ हजार, अनिता लिम्बुले ४ हजार,सुनिता गुरुङले३ हजार,खुशि राइले ३ हजार,उषा क्षेष्ठले ३ हजार र दिपेन्द्र परियारले १ हजार ८८ रुपैया सहयोग गरेका थिए ।

प्रतिक्रया दिनुहोस्