बित्थडचिरमा पहिलोपटक चाउमिन उद्योग सञ्चालन

बझाङ्ग। बझाङ्गको बित्थडचिरमा पहिलोपटक चाउमिन उद्योग सञ्चालन भएको छ।

बित्थडचिर गाउँपालिका-५ का गणेश बोहाराले पहिलो पटक चाउमिन उद्योग सञ्चालन गरेका छ्न्। विगत करिब एक दशक देखि विभिन्न व्यवसाय गर्दै आएका बोहाराले माघ २३ गतेबाट बित्थडचिरको देउलेख बजारमा पहिलो चाउमिन उद्योग सञ्चालन गरेका छ्न्।

उद्यमी बोहारा नेपाल आर्मीमा जागिरे थिए। नेपाल आर्मीको जागीरबाट अवकाश पाएपछि देउलेख बजार सानो पसलका साथै कृषि पेसालाइ पनि अगाल्दै आएका छन्। आफुमा भएको ज्ञान, सीप खेर नफाली सानै भएपनी व्यवसाय सञ्चालन गर्नुपर्छ भनेर चाउमिन उद्योग सञ्चालन ल्याएको उनको भनाइ छ।

अहिले बजारमा नास्ताको रुपमा चाउमिन बढी खपत हुने भएपनि गाउँपालिकामै चाउमिन फ्याक्ट्री थिएन, उधोग नभएको ठाउँमा उद्योग खोल्दा एकदमै सजिलो भएको र बित्थडचिरमै चाउमिन उधोग खोलिए पछि धनगढीकै चाउमिन र ससका भरमा बस्नु पर्ने बाध्यता हटेको होटेल व्यवसायीको भनाइ रहेको छ। बैतडी जिल्लाको ढोल्यामोड, श्रीभावर सिगास गाउँपालिकामा र बित्थडचिर भरी बढिजसो आफ्नै चाउमिन खपत हुने उद्यमी बोहराको भनाइ छ।

यो भन्दा पहिले धनगढीबाट धेरै चाउमिन र सस ल्याउनु पर्थ्यो र म्याद जाने र सढ्ने सम्भावना हुन्थ्यो। अहिले आफैले उत्पादन गरेको चाउमिन स्थानिय बजारमा ल्याएपछी सेवाग्राहीहरुलाई ताजा चाउमिन जुनसुकै समयमा पनि मिल्ने भएकाले सहज भएको छ ।

प्रतिक्रया दिनुहोस्