नेपालीको वार्षिक प्रतिव्यक्ति आय करिब तीन हजार रुपैयाँले घट्यो

काठमाडौं । नेपालीको वार्षिक प्रतिव्यक्ति आय करिब तीन हजार रुपैयाँ घटेको छ । आधार वर्ष २०१०-२०११ लाई आधार वर्ष मानेर गरिएको गणनाका आधारमा प्रतिव्यक्ति आय २५ डलर घटेको देखिएको छ ।

बिहीबारको विनिमय दरको हिसाबले यो दुई हजार ९ सय रुपैयाँ हो । आर्थिक वर्ष २०७५-७६ मा प्रतिव्यक्ति आय ११ सय ५९ रहेकोमा गत वर्ष २०७६-७७ मा ११ सय ३४ डलर देखिएको छ ।

आधार वर्ष २००० २००१ लाई आधार मान्दा आय बढेको छ । यो वर्षलाई आधार मान्दा प्रतिव्यक्ति आय २०७५ ७६ मा प्रतिव्यक्ति आयको हिसाबले एक हजार ३८ डलर रहेकोमा गत वर्ष एक हजार ८५ पुगेको छ ।

 

 

प्रतिक्रया दिनुहोस्