कोहलपुर-१२ मा ७८ जना ज्येष्ठ नागरिकहरूले लगाए कोरोना विरुद्धको खोप

कोहलपुर। सरकारले तोकेको कोरोना विरुद्धको खोप लगाउने दिन फाल्गुन २३ गते आज कोहलपुर-१२ मा ७८ जना ज्येष्ठ नागरिकहरूले कोरोना विरुद्धको खोप लगाएका छन्।

कोहलपुर नगरपालिका अन्तर्गतको आधारभूत स्वास्थ्य सेवा केन्द्र कोहलपुर-१२ चप्परगौडी मार्फत ६५ वर्षभन्दा माथिका ७८ जना ज्येष्ठ नागरिक (४८पुरुष, ३० महिला) हरूलाई कोरोना विरुद्धको पहिलो डोज खोप दिइएको हो।

साथै अघिल्लो पटक छुटेकी १ जना महिला स्वास्थ्य स्वयंसेविकालाई समेत आजै खोपको पहिलो डाेज लगाइएको आधारभुत स्वास्थ्य सेवा केन्द्र चप्परगौडीका प्रमुख नगेन्द्र थापाले जानकारी दिए।

प्रतिक्रया दिनुहोस्