वन पैदावार उद्योग व्यवसायी महासंघको अध्यक्षमा मास्के निर्विरोध

काठमाडौं। नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघको अध्यक्षमा चितवनका मञ्जिलबाबु मास्के निर्विरोध चयन भएका छन्।

काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्केटमा भएको महासंघको १० औं महाधिवेशन तथा २१ औं वार्षिक साधारणसभाले मास्केलाई आगामी तीन वर्षका लागि अध्यक्ष चयन गरेको हो।

महासंघको उपाध्यक्षमा प्रकाश रायमाझी सर्वसम्मत चयन भएका छन्। महाधिवेशनमा देशभरका तीनसय जना व्यवसायी प्रतिनिधिका रुपमा सहभागी थिए।

नवनिर्वाचित अध्यक्ष मास्केले व्यवसायको स्थायित्व एवं व्यवसायीले भोग्दै आएका विभिन्न समस्याको समाधानका लागि आफूले ठोस कार्ययोजना बनाएर लागू गर्ने बताए।

प्रतिक्रया दिनुहोस्