सुवास नेम्वाङ वा लालबाबु पण्डितलाई नयाँ प्रधानमन्त्री बनाउन सांसद गंगा चौधरीको प्रस्ताव

काठमाडौं। सावीक नेकपाकी सांसद गंगा चौधरीले सर्वोच्चको फैसलाले पार्टी एकीकरण गर्न पाइँदैन नभनेकाले उपयुक्त नाम दर्ता गर्न निर्वाचन आयोगमा गई पुन पार्टी एकता गर्न प्रस्ताव गरेकी छन्।

उनले सुवास नेम्वाङ वा लालबाबु पण्डितलाई नयाँ प्रधानमन्त्री बनाउन सकीने समेत बताएकी छन्।

‘अझै पनि केही बिग्रिएको छैन कमरेडहरू सर्वोच्च अदालतको फैसलाले पार्टी एकीकरण गर्न पाइदैन मिल्दैन भनेको छैन। नाम जुधेकोले नेकपा नाम मात्र राख्न नमिल्ने अवस्था सिर्जना भएको हो । पार्टीबाट निर्णय गरेर अर्को उपयुक्त नाम दर्ता गर्न निर्वाचन आयोगमा जान सकिन्छ।’

उनले भनेकी छन्, ‘शीर्ष नेताहरुले पार्टी फुट्दाको दर्दनाक परिणामलाई आंकलन गरेर इगो त्यागेर ठूलो छाती गरेर लोभ लालच त्यागेर पार्टीको संरक्षकर सल्लाहकारको भूमिकामा रहन तयार हुने हो र निम्न विकल्पमा जाने हो भने हाम्रो लोकप्रीय पार्टीको एकता जोगाउन सकिन्छ भन्ने कुरामा विश्वस्त छु।’

उनि अघि लेख्छिन्, ‘सभामुखको सफल भूमिका निर्वाह गर्नु भएका संविधान सभाको अध्यक्षको हैसियतमा संविधान ल्याउन महत्वपूर्ण भूमिका खेल्नु भएका नेता कमरेड सुवासचन्द्र नेम्वाड़्ग लाई नयॉ प्रधानमंत्रीको रुपमा प्रस्ताव गरेर अगाडी बढ्ने। यदि उहॉको नाममा सहमति हुन सक्दैन भने दोस्रो विकल्पमा पनि जान सकिन्छ।’

उनले अर्को विकल्प पनि दिएकी छन्, ‘दुई पटक मन्त्री भएर राम्रो काम गरी आफ्नो अलग्गै छवि बनाउनु भएका कमरेड लाल बाबु पण्डितलाई नयॉ प्रधानमंत्रीको रुपमा प्रस्तावित गरेर अगाडि बढ्न सकिन्छ। यसो गरेको खण्डमा पार्टी एकता जोगाउने महत्वपूर्ण कडी हुन सक्छ भन्ने लाग्छ अहिलेको अवस्थामा।’

प्रतिक्रया दिनुहोस्