नेपाली काङ्ग्रेसको सभापतिमा उम्मेदवारी दिने गुरुङको घोषणा

बुटवल । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य किरण गुरुङ्गले आगामी केन्द्रीय महाधिवेशनमा आफ्नो सभापतिको उम्मेदवारी रहने घोषणा गरेका छन् ।

बुटवलस्थित रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा आफ्नो सभापतिमा उम्मेदवारी घोषणा दिने बताएका हुन् । नेतृत्व नयाँ पुस्तामा पुर्याउनको लागि आफ्नो उम्मेदवारी रहेको उनको तर्क थियो ।

गुरुङ्गले अदालतको पछिल्लो निर्णय नेकपाभित्र मात्रै हैन नेपालको समग्र राजनीतिभित्र नै प्रत्यक्ष असर परेको छ भन्दै काङ्ग्रेसले सबै विकल्प खुला राखेर सहकार्य गर्न तयार रहेको बताए ।

सरकारले ३० दिनभित्रमा विश्वासको मत लिन आवश्यक  रहेकाे र त्यो लिन नसके स्वतः खारेज हुने अनि नयाँ समीकरण बनाएर जान काङ्ग्रेस तयार रहेको समेत उनले बताए ।

‘काङ्ग्रेसको १४ अाैँ महाधिवेशन तोकिएको समयभित्रै हुनेछ, हुनुपर्छ,’ उनले भने, ‘नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा नयाँ पुस्ता नेतृत्वमा आउनेछ ।’

 

प्रतिक्रया दिनुहोस्