कैलाली र कंचनपुरको पार्टी कार्यालय पनि राखियो एमालेको बोर्ड

कैलाली । नेकपा पार्टी कार्यालय कैलालीमा नेकपा एमालेको ब्यानर टाँगिएको छ।

नेकपा ऐमालेका प्रदेश अध्यक्ष कर्ण थापा, पूर्व प्रदेश मन्त्री तथा सांसद् पठान सिह बोहरा, नेता रतन थापा लगायतको उपस्थितीमा ब्यानर टाँगिएको हो ।

यसअधि आइतबार सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिँदै एमाले र माओवादी केन्द्रलाई व्युँताइदिएपछि एमालेले पार्टी कार्यालयमा नाम र साइनबोर्ड राख्न लागेको हो।

उता कंचनपुर महेन्द्रनगरमा रहेको पार्टी कार्यालयमा नेकपा लाई मेटाई  बोर्डमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) लेखिएको छ । जिल्ला पार्टी कार्यालय महेन्द्रनगरको बोर्डबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई मेटाई  बोर्डमा एमाले राखिएको जनाइएको छ ।

धुम्बाराही पार्टी कार्यालयबाट आज देशभरको पार्टी कार्यालयहरुमा एमालेको बोर्ड राख्न निर्देशन दिइएको छ।

 

प्रतिक्रया दिनुहोस्