रघुजी पन्तविरुद्ध कोमल वलीके दर्ता गरिन् गाली बेइज्जती मुद्दा

काठमाडौं । राष्ट्रिय सभा सदस्य कोमल वलीले नेकपा एमालेका नेता रघुजी पन्तविरुद्ध गाली बेइज्जतीको मुद्दा दर्ता गरेकी छन् ।

नेकपा एमालेमा प्रधानमन्त्री केपी शर्मा ओली निकट रहेकी वलीले नेता माधव कुमार नेपाल समूहमा रहेका पन्तविरुद्ध मंगलबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् ।

एक कार्यक्रममा नेता पन्तले वर्षौंदेखि संघर्ष गरेका, पार्टीकै लागि जीवन अर्पण गरेर गाला चाउरी पारेका महिलाले चाहिँ कुनै अवसर नपाएको तर पिडुँला देखाउँदै पोइल जान पाम भन्नेलाई चाहिँ प्रधानमन्त्री ओलीले पार्टीको केन्द्रीय सदस्य, सांसद र राष्ट्रिय सभा सदस्य बनाएको टिप्पणी गरेका थिए ।

आफ्नो उक्त टिप्पणीको सवत्र विरोध भएपछि नेता पन्तले माफी समेत मागेका थिए । ओलीले भने पन्तको उक्त अभिव्यक्ति सार्वजनिक भएपछि नै न्यायका लागि अदालत जाने बताएकी थिइन् ।

 

 

प्रतिक्रया दिनुहोस्