आयोगद्वारा केपी र प्रचण्ड अध्यक्ष रहेको ‘नेकपा’ खारेज (विज्ञप्तिसहित)

काठमाडौँ । निर्वाचन आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेकपा निर्वाचन आयोगले खारेज गरेको छ ।

फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भइ बनेको नेपाल कम्युनिष्ट पार्टी ‘ने क पा’ उत्प्रेषणको आदेशबाट बदर भएको बताउँदै आयोगले दर्ता नम्बर १४५ मा दर्ता रहेको नेकपा खारेज गरेको मंगलबार विज्ञप्ति मार्फत जनाएको हो ।

दल खारेज सम्बन्धिको विषय एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाललाई जानकारी दिने पनि आयोगले जनाएको छ ।

प्रतिक्रया दिनुहोस्