सत्ता सहकार्यबारे वार्ता गर्न एमाले-जसपा संयुक्त कार्यदल

काठमाडौं। नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच सत्ता सहकार्य गर्न ५ सदस्यीय संयुक्त कार्यदल बनेको छ।

सत्ता सहकार्यलगायतका विषयमा वार्ता गर्न नेकपा एमाले र जनता समाजवादी पार्टीले संयुक्त कार्यदल गठन गरेका छन्। दुवै पक्षबीचको छलफलपछि कार्यदल बनेको हो।

कार्यदलमा एमालेबाट उपमहासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रधानमन्त्रीका सल्लाहकार डा.राजन भट्टराई छन्। त्यस्तै जसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण रहेको बताइएको छ।

सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले १२१ सिटसहित संसदमा पहिलो दल । तर, बहुमतका लागि अर्को दलसँग मिल्नुपर्ने भएकाले जसपासँग एमालेको छलफल चलेको हो।

प्रतिक्रया दिनुहोस्