बर्दगोरिया १ कैलालीमा यसरी गरियो शिव मन्दिरको उद्घाटन (तस्वीरमा)

बौनिया,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका १ कट्टिपुरमा निर्मित शिव मन्दिरको उद्घाटन गरिएको छ ।
महाशिवरात्रीको अवसर पारी उक्त शिव मन्दिरको उद्घाटन गरिएको हो ।

बिहिवार महाशिवरात्रीको अबसरमा वडा नम्बर १ का अध्यक्ष जयरुप खतिवडाले पुजारीको सहयोगमा धार्मिक विधिसहित मन्दिरको उद्घाटन गरेका थिए ।

बर्दगोरिया गाउँपालिकाको ७ लाख, स्थानीयको १ लाख ७५ हजारको जनश्रमदान गरि झन्डै पौने ९ लाखको लागतमा सो मन्दिर निर्माण गरिएको निर्माण उपभोक्ता समितिले जनाएको छ ।

शिव मन्दिर निर्माणका लागि यहाँका स्थानीय समाजसेवी तथा बुद्दिजिविले समेत आर्थिक तथा भौतिक सहयोग गरेका थिए ।

प्रतिक्रया दिनुहोस्