कात्तिकदेखि हराएका पुजन राईको मोटरसाइकल ४ महिनापछी भोटेकोसीमा फेला

काठमाडौं। बाह्रबिसे नगरपालिकामा नेत्र सहायकका रुपमा कार्यरत हराइरहेका पुजन राईको मोटरसाइकल र जुत्ता करिब ४ महिनापछी फेला परेको छ।

उनको मोटरसाइकल बुधबार भोटेकोसीमा फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए। उनी कातिक अन्तिमदेखि हराइरहेका थिए।

उनका अनुसार को २१ प ५७९९ नम्बरको बुलेट मोटरसाइकल बुधबार बिहान बाह्रबिसे नगरपालिका-६ स्थित भोटेकोसी नदीमा भेटिएको हो। खोलामा माछा मार्न गएका मानिसले देखेर प्रहरीलाई खबर गरेका थिए।

‘राईको खोजी भइरहेको छ’, उनले भने, ‘केन्द्रबाट पनि प्रहरी अधिकारीहरु आउनुभएको छ। अनुसन्धानले अर्कै मोड लिएमा शंका रहेको सबैलाई अनुसन्धानको दायरामा ल्याइ छानबिन गरिन्छ।’

राईको मोटरसाइकल रहेको आशंकामा प्रहरीले परिवारलाई बोलाएर बाइक निकालेको थियो। उनको मोटरसाइकल अरनिको राजमार्गबाट तल भेटिएको हो। पुजन त्यहाँ काम गर्न थालेको ९ महिना पुगेको थियो। उनी अस्थायी दरबन्दीमा काम गरिरहेका थिए।

प्रतिक्रया दिनुहोस्