२५ अर्ब मूल्य बराबरको युरेनियमसहित ४ जना पक्राउ

काठमाडौं । नेपालमा पहिलो पटक साढे २ किलो युरेनियम बरामद भएको छ। प्रहरीले बौद्ध क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको जानकारी दिएको छ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले शुक्रबार पत्रकार सम्मेलन पक्राउ परेका ४ जनालाई सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी–५ का नारायण सिंह तामाङ, सोही स्थानमा घर भई काठमाडौंको बौद्ध–६ बस्ने ४० वर्षीया जानुका तामाङ, रामेछाप बागजोर नगरपालिका–४ घर भएका २० वर्षीय प्रकाश चौहान र सिन्धुली सुनकोशी–४ का २० वर्षीय मनोज न्यौपाने छन् ।

बरामद युरेनियमको मूल्य करिब २५ अर्ब पर्ने प्रहरीको भनाई छ। बरामद भएको वस्तु प्रशोधन नगरिएको युरेनिययम भएको परीक्षणबाट पुष्टि भएको प्रहरीले जनाएको छ।

उनीहरुमाथि प्रहरीले विस्फोटक पदार्थसम्बन्धी ऐनअनुसार कारबाही हुने बताएको छ।

 

 

प्रतिक्रया दिनुहोस्